२३ चैत्र २०७२, मंगलवार

पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आगामी वैशाख १ गते शिलान्यास गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्यक्रमलाई भव्य, मर्यादित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्न आज यहाँ बृहत् छलफल कार्यक्रमको आयोजना गरियो ।

pokhara air
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, पर्यटन व्यवसायी, उद्यमी, व्यापारी, विभिन्न सङ्घसंस्था, आमा समूह एवम् सञ्चारकर्मीको सहभागिता थियो ।

विमानस्थल निर्माण उच्चस्तरीय समितिका संयोजक एवम् व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले मुलुककै एक गौरवशाली आयोजनाको शिलान्यास हुन लागेकाले सो कार्यक्रममा विभिन्न राजनीतिक दलका अध्यक्षलाई पनि सहभागी गराउने र यसका लागि आफूले स्वयम् प्रधानमन्त्रीलाई नै जिम्मा दिएको जानकारी गराउनुभयो । रासस

 

LIVE TV