२३ चैत्र २०७२, मंगलवार

नेपाली बालबालिका तस्करीबारे अनुसन्धान सुरु गर्न नेसनल क्राइम एजेन्सीलाई बेलायती गृहमन्त्रीको निर्देशन, बालबालिका बेचबिखन अत्यन्त घृणित अपराध

UK GRIHA

बेलायती गृहमन्त्री टेरिसा मेले भूकम्प पीडित नेपाली बालबालिका घरेलु कामदारका रुपमा बेलायतमा बेचिने गरेको समाचारप्रति आफु गम्भीर भएको बताउँदै त्यहाँको प्रहरीलाई अनुसन्धान सुरु गर्न आदेश दिएकी छिन् ।

बेलायतबाट प्रकाशित हुने ‘सन’ पत्रिकामा प्रकाशित समाचार अनुसार भारतको पंजाव राज्यमा त्यहाँका अपराधिक समूहहरुले भूकम्पपीडित नेपाली तथा असहाय भारतीय बालबालिकालाई ५३ सय पाउण्डमा सम्पन्न बेलायती परिवारलाई बेच्ने गरेको छ । गार्डीयन पत्रिकाका अनुसार बेलायती मन्त्रीले बालबालिका बेचविखनलाई ‘अत्यन्त घृणित अपराध’ भन्दै त्यहाँको ‘नेसनल क्राइम एजेन्सी’लाई अनुसन्धान गर्न आदेश दिएको हुन् । यस्तो तस्करीबाट नाफा कमाउने अपराधीहरुलाई दण्डित गर्नका निम्ति ‘सन’ पत्रिकाले उसँग भएका बाँकी सुचना र तथ्यहरु प्रहरीलाई प्रदान गर्नुपर्ने बताइन् ।

सोमबार सन पत्रिकाको पहिलो पृष्ठमा छापिएको समाचार अनुसार असहाय बालबालिकालाई बेलायतका धनि परिवारहरुका निम्ति बेतलवी काम गर्नका निम्ति बेचिन्छ । पत्रिकामा प्राय जसो बेलायतमा बेचिने बालबालिका नेपाली हुने गरेको बताएको थियो ।

LIVE TV