२३ चैत्र २०७२, मंगलवार

कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेलद्धारा उम्मेद्वारी दर्ता, संसदीय दलका लागि भोलि मतदान हुने 

g]kfnL sfFu|];sf] !#cf} dxflwj]zgdf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjf
nfO{ dªnaf/ jf]xf]/f6f/l:yt lgjf;df lrofkfg sfo{qmdsf] cfof]hgf u/L awfO{ tyf z'esfdgf lbFb} al/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f,/f;;

नेपाली कांग्रेसको संसदीय दलको नेताको चयन प्रक्रिया प्रारम्भ भएको छ । संसदीय दलको नेताका लागि सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति रामचन्द्र पौडेलले उम्मेद्वारी दिनुभएको छ ।

नेपाली कांग्रेसका सभापति देउवाले संसदीय दलको नेताका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । सिंहदरबारस्थित दलको कार्यालय पुगेर देउवाले दलको नेताका लागि आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । देउवाको प्रस्तावकमा सांसद फरमुल्लाह मन्सुर छन् भने समर्थकमा सांसद पद्यनारायाण चौधरी रहेका छन् । उम्मेद्वारी दर्ता गर्दै सभापति देउवाले संविधानको कार्यान्वयन र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेद्वारी दिएको बताउनुभयो ।

यसैगरी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि संसदीय दलको नेताका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबारस्थित दलको कार्यालय पुगेर पौडेलले दलको नेताका लागि आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो । पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन् भने समर्थकमा महामन्त्री शशांक कोइराला छन् । पौडेलले पार्टी एकता र प्रजातान्त्रिक अभ्यासका लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो ।

अपरान्ह २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिको कार्यतालिका छ । दलको नेताको निर्वाचन भने बुधवार भोलि ११ बजेदेखि २ बजेसम्म हुनेछ ।

 

LIVE TV