२३ चैत्र २०७२, मंगलवार

बिद्रोही संगठन तालिवानको एन्ड्रोइड मोबाइलको एप्लिकेशन गुगलले प्ले स्टोरबाट हटायो, गुगल एप नीतिको उल्लघंन भएको ठहर

TALIWAN

बिद्रोही संगठन तालिबानको एन्ड्रोइड मोबाइल एप्लिकेशन गुगलले प्ले स्टोरबाट हटाएको छ । तालिबानको मोबाइल एप अलमाराहमा रहेका सामग्री पश्तो भाषामा छन् ।

तालिवानको मोबाइल एप तालिबानको गतिविधिसँग जोडिएको अफगानिस्तानको एक बिद्रोही समूहले बनाएको थियो । यसमा भिडियो पनि छ । यो एप अप्रिल एक अर्थात चैत २० गते सार्वजनिक भएको थियो । सार्वजनिक भएको केही समयपछि नै एप प्ले स्टोरमा देखिएको थिएन । समूहले यसलाई प्राविधिक कारण भनेको थियो । यो जानकारी अमेरिकामा रहेको बिद्रोही गितिविधिमा निगरानी गर्ने संगठन इन्टेल ग्रुपले दिएको थियो ।

तर यो एपलाई प्ले स्टोरबाट हटाउनुको कारण गुगल एपको नीतिको उल्लंघन गर्नु रहेको छ । गुगल एपको नीति अनुसार विभाजन वा घृणा फैलाउने खालका सामग्री भएको एप स्टोरमा रहँदैन । गुगलले यस विषयमा केही प्रतिक्रिया दिएको छैन ।

 

LIVE TV