२३ चैत्र २०७२, मंगलवार

बर्दिवास, जिल्ला प्रहरी कार्यालय महोत्तरीले लागुऔषध नाइट्राभेटसहित पक्राउ परेका भारतीय युवकलाई आज सार्वजनिक गरेको छ ।

NITRAVET-TABS

जिल्लाको भारतीय सीमावती नाका भिठ्ठामोरमा सोमबार साँझ १५ पत्ता नाइट्राभेटसहित पक्राउ परेका भारत सीतामढी जिल्ला, रधाउर ग्रामपञ्चायतका २९ वर्षीय सन्तोषकुमार ठाकुरलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

भारत तर्फबाट बिआर ३० सी ५५८९ को भारतीय नं प्लेटकै मोटरसाइकल चढेर नेपालतिर पसेका बेला सोमबार साँझ ठाकुर प्रहरीले जाँच गर्ने क्रममा पक्राउ परेका थिए । उनी विरुद्घ लागुऔषध ओसारपसार र दुव्र्यसनको अपराधमा मुद्दा दर्ताको तयारी अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच प्रहरीले दुई फरार अभियुक्तलाई पक्राउ गरी अनुसन्धान थालेको छ । मानव बेचबिखन मुद्दामा २०५४ सालदेखि फरार रहँदै आएका महोत्तरी–५ पर्साटोलका जगदीश ठाकुर र ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त श्रीपुर–६ का सौखीलाल रायलाई पक्राउ गरिएको हो । रासस

 

LIVE TV