
-गणेश पाण्डेय, युरोप |
बेलायत को प्रशिद्ध पत्रिका द सन ले गरेको एक गोप्य अनुसन्धान अनुसार नेपाल को विनाशकारी भुकुम्प बाट बाच्न सफल भएका बालबालिकाहरु धनाढ्य बेलायती परिवार हरुले जन्तुको भाउभन्दा पनि कम मूल्य मा किनेर घरेलु दासको रुपमा प्रयोग गरेको तथ्य खुल्न आएको छ |
बिक्रि को लगी राखिएका १० बर्षीय नेपाली बालक अमित फोटो साभार : ड्यान च्यारिटी (द सन )
गत बर्ष अप्रिल मा नेपालमा गएको विनाशकारी भुकुम्पमा परी नौ हजारभन्दा बढीले ज्यान गुमाए भने लाखौ घरबार बिहीन र टुहुरा भए जसले गर्दा लाखौ लाख नेपालीहरु आफ्नै देश भित्र र देश बाहिर शरणार्थी जीवन बिताउन बाध्य भए | यसको फाइदा उठाउदै मानब तस्कर गिरोहहरुले १० वर्ष भन्दा पनि कम उमेरका अनाथ तथा घरबार बिहीन बालबालिकाहरुलाई अनेकौ प्रलोभन देखाई भारत को पन्जाब प्रान्तमा लगी ५२५० पाउण्ड अर्थात् करिब आठ लाख नेपाली रुपैयामा खरिद बिक्रि भईरहेको द सन ले दाबी गरेको छ | बेलायत को प्रमुख पत्रिका द सन को यो सनसनीपूर्ण समाचार लाई अन्य प्रमुख पत्रिका हरुले पनि प्रमुखताका साथ प्रकाशन गरेपछि अहिले युरोप र बिशेष गरी बेलायती नेपाली डायस्पोरामा खैलाबैला नै मच्चिएको छ |
द सन को यो समाचार ले बेलायतको संसदमा पनि ठुलै चर्चा पायो, र अहिले बेलायती होम सेक्रेटरी टेरेजा मे ले अखवारको उक्त सनसनीपूर्ण समाचारबारे छानबिन गर्न नेशनल क्राइम एजेन्सीलाई आग्रह गरेकी छिन् । द सनका अन्डरकभर रिपोर्टर ड्यान च्यारिटी ले गोप्य रुपमा गरेको खोजअनुसार, भारतीय मानव तस्कर मख्खन सिंहले बालबालिकालाई लाइनमा राखेर रोजी रोजी किन्न अफर गरेका थिए । गोप्य श्रब्य दृश्य क्यामेरा को प्रयोग गरी गरिएको अनुशन्धान मा बालबालिका को मोलमोलाई गर्न भारतीय मानब तस्कर मक्खन सिंह लाई पन्जाब को गोल्डेन टेम्पल बाट पचास माइल टाढा एकान्त ठाउंमा बोलाइएको थियो जहाँ तस्कर सिंह मोटरबाइकमा आइपुगेका थिए । मोलमोलाई को क्रममा गर्बका साथ धेरै नेपाली बालबालिका हरुलाई बेलायत पुर्याइसकेको दाबि गर्दै , घरेलु दास र कामदार को लागि नेपाली बालबालिकाहरु नै सबै भन्दा उत्तम हुने जिकिर गरिरहेका थिए |
मानब तस्कर – मक्खन सिंह फोटो साभार : ड्यान च्यारिटी (द सन )
मोलमोलाई को क्रममा धेरै बोल्न नचाहने तस्कर सिंह ५-१० मिनेट मा डिल गरिसक्ने बताउदै अझै २० जना केटाकेटी बेलायत पुर्याउने सम्झौता भएको बताएका थिए | नेपाल सरकार ले भुकुम्प पिडित हरुको उचित व्यवस्थापन गर्न नसक्दा मानब तस्कर हरुको बिगबिगी बढेको र नेपाल बाट बालबालिका हरुलाई सजिलै तेस्रो मुलुक मा तस्करी हुने खतरा बढेको छ | नेपाल सरकार ले यस सम्बन्ध मा ठोस र यथासिघ्र उचित कदम चाल्न जरुरि देखिन्छ |