
पबमा इटालिन युवती जिस्काउँदा भएको हत्या अभियोगबाट जोगिन टासी गुरुङले अनेक तिकडम गरे । पहिचानै बदलेर उनी टासीबाट सुन्डुप घले बने । नेपालमा बस्दा प्रहरीको पन्जामा परिएला भनेर अमेरिका गए, ग्रिनकार्ड लिए । राहदानी नागरिकता अनि सवारीचालक अनुमतिपत्रसम्म आफ्नो पहिचानै बदली सन्डुप बनेर १५ वर्ष अमेरिका बसाइपछि नेपाल फर्किए उनी ।
जति पहिचान बदले पनि परिवार, इष्टमित्र, साथीमाझ त उनी टासी नै थिए । अमेरिकाबाट तीन वर्षअघि फर्किएका उनी प्रहरीको नजमा भने लुक्न सकेनन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०५२ असोज २७ मा ठमेलमा भएको इटालियन नागरिक डेमिड क्यारारोको हत्या अभियोगमा उनलाई शनिबार ठमेलकै होट कन्ट्रीयार्डबाट पक्राउ गरेको छ । उनले डेभिडलाई २० वर्षअघि धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । आजको नागरिक दैनिकमा खबर छन् ।