२१ चैत्र २०७२, आईतवार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहायक कार्यकारी निर्देशक बिष्णुराज भण्डारीले भूकम्प प्रभाबित जिल्लाहरुमा भूमिहिनका लागि छुट्टै सुरक्षित स्थानमा ब्यबस्थित रुपमा भुमिको ब्यबस्था गरिने बताउनुभएको छ ।

उहाँले घर नहुनेहरुका लागि घर बनाउनको लागि कार्यबिधि तय गरिएको र कार्यपत्र परित हुनासाथ काम अगाडि बढाईने बताउनुभयो । उहाँले भुकम्प पछि जोखिमपुर्ण बनेका स्थान र समुदायलाई लक्षित गर्दै पुनर्निर्माण, पुनस्र्थापना र सुरक्षित स्थानान्तरणका लागि भौगर्भिक सर्वेक्षण सुरु भैसकेको जानकारी दिनुभयो ।

शनिबार राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा पुनर्निर्माणमा भुमिको सवाल विषयक अन्तक्र्रिया कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका सहायक कार्यकारी निर्देशक भण्डारीले भुकम्प पीडित भूमिहिनहरुलाई अनुदानका साथै सुरक्षित आबासयोग्य घरनिर्माणका लागि कार्य भईरहेको बताउनुभयो  ।

उहाँले पुनर्निर्माणमा घरनिर्माणका साथसाथै पीडितहरुको जीविकोपार्जनलाई पनि ध्यान दिनुपर्ने र जसका लागि प्रयास थालिएको पनि बताउनु भयो । उहाँले पुननिर्माणको साथसाथै उनीहरुको जीबिकोपार्जन कसरी भईराखेको छ भन्नेबारे चासो लिनुपर्ने र त्यसलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका तर्फबाट भुकम्प पीडित सुकुम्बासीहरुका लागि सुरक्षित आबास र जीविकोपार्जन हुनुपर्ने र जग्गा उपल्ब्ध गराउनुपर्ने जस्ता बिषयमा सुझाब सहितको अबधारणापत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बिभिन्न जिल्लाहरुबाट भुकम्प पीडित, भूमिहिन सुकुम्बासीहरुको उपस्थिति रहेको थियो । उनीहरुले भुकम्प गएको १ बर्ष बित्न लाग्दा पनि आफुहरुका लागि  सरकारले अझैपनि अनुदान र सुरक्षित आबासको ब्यबस्था गर्न नसकेको प्रति गुनासो ब्यक्त गरेका थिए ।

 

 

LIVE TV