२१ चैत्र २०७२, आईतवार

नेपाल आएका इटालियन नागरिकको हत्या गर्ने टासी गुरुङ २० बर्ष पछि प्रहरीको फन्दामा,हत्यापछि अमेरिका भासिएका टासीको पाप धुरीबाट कराएर छाड्यो

tasi

बीस वर्षपछि चर्चित क्यारारो डेविड हत्याकाण्डका मुख्य अभियुक्त टासी गुरुङ् पक्राउ परेका छन् । टासी गैडाको खाग तस्करीमा कुख्यात कालु भनिने तेन्जिङ् गुरुङ्का छोरा भएको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुस्न्धान व्यूरो सिआइबीले २०५२ साल असोजमा दुई महिला साथीसँग नेपाल भ्रमणमा आएका इटालियन नागरिक क्यारारोको ठमेलमा हत्या गर्ने टासीलाई पक्राउ गरेको हो ।

क्यारारोको हत्यापछि उनी नक्कली भिषामा अमेरिका तर्फ फरार भएका थिए । क्यारारोको हत्याको डेढ वर्षपछि अभियुक्त टासीका बावु कालुले गोरखाका सण्डुप घलेको नामको भिसा लागेको पासपोर्ट खरिद गरी टासीलाई अमेरिका पठाएका थिए । पासपोर्टमा फोटो चेन्ज अर्थात पिसी गरि टासीको फोटो राखि अमेरिका पठाइएको थियो । १५ वर्ष अमेरिका बसी टासीले पर्रमानेन्ट रेसिडेन्स पीआर समेत बनाई तीन वर्ष अघि नेपाल फर्किएका थिए ।

नेपाल पर्यटन बोर्डको रिपोर्ट अनुसार ठमेलमा क्यारारोको हत्यापछि इटलीमा फैलिएको न्यूजका कारण तीन वर्षमा तीन जना मात्र इटालियन नागरिक नेपाल भ्रमणमा आएका थिए । नेपाल असुरक्षित रहेको न्यूजको प्रभाव इटलीसँगै पुरै यूरोपमा फैलिएपछि त्यस क्षेत्रका पर्यटक आगमनमा ठुलो ह्रास आएको थियो ।

प्रहरी अनुसन्धानमा हालसम्म अभियुक्त टासीले कतैबाट पनि नागरिकता नलिएको खुलेको छ तर उनको साथबाट प्रहरीले सण्डुप घले नाम उल्लेखित लाईसेन्स बरामद गरेको छ  । टासीको फोटो टाँसिएको लाईसेन्स गोरखाकी बिमला देवी पोखरेलको नाममा जारी भएको पाइएको छ । यो घटनामा संलग्न मुख्य ४ अभियुक्तहरु अझै फरार छन् । ती सबै हङ्कङ्, भारत, बेलायत लगायतका मुलुकमा रहेको पाइएको छ । क्यारारो उनका दुई महिला साथीहरु सहित ठमेलको रेग पबमा बसिरहेको बेला टासी उनका साथिहरुले आपत्तिजनक व्यवहार गरेका थिए । प्रतिकारको प्रयास गर्दा टासीको समुहले कुटपिट गरि क्यारारोको हत्या गरेका थिए ।

प्रहरीले टासीका बावु कालुले छोरालाई भगाउन मतियार बनेको र किर्ते कागजात बनाउन सहयोग गरेको अभियोगमा मुद्धा चलाउने भएको छ ।

 

 

LIVE TV