२१ चैत्र २०७२, आईतवार

मोरङ, मोरङको कोशीहरैचा नगरपालिकामा आज दिउँसो एक दुई वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ ।

Death-by-drowning
कोसीहरैचा नपा–२ स्थित बङ्गाली टोलमा छिमेकी नेपाल मण्डलको धाराको पानी निकास भएर जमेको खाल्डोमा डुबेर सोही ठाउँका दिलीप केविरथका दुई वर्षीय छोरा मानव केविरथको डुबेर मृत्यु भएको हो ।

पानीमा डुबेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । रासस

 

LIVE TV