२१ चैत्र २०७२, आईतवार

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ३ दशमलव ९४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५१ दशमलव ५४ अंकमा कारोवार भएको छ ।

nepse WOWN

धितोपत्रले नेप्से अस्वभाविक रुपमा बढेको भन्दै लगानीकर्तालाई सजग रहन दोश्रो पटक निर्देशन दिएपछि नेप्से घटेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ५३ दशमलव ४३ अंकले घटेको छ । त्यस्तै विकास बैंक १३ दशमलव ८२, जलविद्युत १३ र अन्य समुह ५ दशमलव ८७ अंकले घटेको हो छ ।

त्यसैगरी बैंकिङ र फाइनान्स समुहको परिसुचक क्रमशः ० दशमलव ६३ र ० दशमलव १७ अंकले ओराला लागेको छ । यता उत्पादन र होटल समुहको परिसुचक भने ३० दशमलव ०९ र २७ दशमलव २४ अंकले बढेको छ । सो दिन १ सय २७ कम्पनी कारोवारमा आएका थिए । ७ लाख कित्ता सेयरबाट ५२ करोड ६७ लाखको कारोवार भएको छ ।

LIVE TV