२१ चैत्र २०७२, आईतवार

गर्मी को समयमा केही खास खाद्य वा पेय पदार्थहरुबाट यस मौसमाको बिरामीहरुबाट बचाउन सकिन्छ र आफनो इनर्जी लेवललाई कायम राख्न सकिन्छ ।

Health-Benefits-of-Coenzyme-Q10

आउनुस् जानौ यसको बारेमा केही खास कुराहरुः

भरपुर पानी पिउनुहोस्

नित्य तीन लिटर पानी पिउनुहोस्, किनकी गर्मी दिनमा डिहाइडे्रशनको समस्या धेरै हुनछ । कुनै पनि प्रकारको व्यायाम वा शारीरिक श्रम गर्नुभन्दा पहिले, त्यस समय र त्यसपछि पानी जरुर पिउनुहोस् ।

यस मौसमा पसिना धेरै आउने गर्छ, जसले शरिरमा पानी र जरुरी खनिज निस्किन्छ । यस कमीलाई पुरा गर्नको लागि तपाई मही, नारियल पानी, उखुको रस वा ताजा फलको रस पनि पिउन सक्नुहुन्छ । तपाई चाहनुहुन्छ भने कागती पानीमा मह मिसाएर पनि आफनो इनर्जी कायम राख्न सक्नुहुन्छ ।

ग्रिन टी छ राम्रो

गर्मिमा दुध वाला चिया पिउनुको साटो कागती बाला चिया लेमन टि पिउनुहोस् । यसलाई पिउनाले शरिरमो विषालु पदाथए बाहिर निस्किन्छ र तुरुन्त इनर्जी पाउन सकिन्छ ।

तरकारी धेरै खानुहोस्

हरियो तरिकारी, काक्रो, टमाटर र लौका जस्तो पानी युक्त तरिका धेरैभन्दा धेरै खानुहोस् । यसलाई खानाले शरिरको गर्मी सजिलैसँग निस्किन्छ, जसले तपाई गर्मीमा पनि ठन्डा महसुस गर्न सक्नुहुन्छ । यसको बाहेक टमाटर शरिरमा टैनिङ (घामबाट ढडेको छाला) का प्रभाव पनि कम गरिदिन्छ ।

फलफुल खानुहोस्

तरबुजा, खरबुजा, र सुन्तला गर्मीको मौसमा जरुर खानु पर्छ । यी सबै फलहरुमा पानीको मात्र भरपुर हुन्छ । यो फल शरिरमा पानी को कमी लाई पुरा गर्नुको साथसाथै जरुरी भिटामिन र खनिज को पनि राम्रो श्रोत हो जसबाट उर्जा पाउछ । यो फलहरु खानाले घामबाट ढडेको छालामा आराम मिल्छ ।

 

 

LIVE TV