२१ चैत्र २०७२, आईतवार

यो संसारमा अब मोबाइल सेल फोन नबोक्ने मानिसहरु विरलै पाइन्छ । आधुनिकता को बजारमा एकसे एक मोबाइल सेल फोनहरुधमाधम आइरहेको छन् । मोबाइल भएन भने मानिसको दिनचर्यामा धेरै नै असर पर्छ ।

mobile warning

एक्सेटर विश्वविद्यालयको तर्फाट गरिएको अध्ययनमा पाइयो कि खल्तीमा मोबाइल फोन राख्नाले शुक्राणुको संख्या र उनको गति प्रभावित हुन्छ । एनवायरमेंट इंटरनेशनल जर्नल मा प्रकाशित भएको यो अधययनमा भनिएको छ कि विद्युतचुंबकीय (इलेक्ट्रोमैग्नेटिक) विकिरण लाई शुक्राणुको संख्या कम हुनका लागि उत्तरदायी मानिएको छ ।  जसको कारणले पुरुषहरुलाई बाँझोपन बनाइरहेको छ ।

शोधकर्ताहरुले मानेका छन् कि मोबाइल फोनले शुक्राणुको संख्यामाथि खतरा जान्नको लागि अरु थप अध्ययन गर्नु आवश्यक छ । वैज्ञानिकहरुको भनाइ छ कि यसको प्रमाण अब अहिले पनि अपुर्ण छ र उनको फोन अहिले पनि उनको खल्तीमै रहने गर्छ । उनीहरुले प्रमाणको गुणवत्ताको सम्बन्धमा अन्य वैज्ञानिकहरुको आलोचना पनि स्वीकार गरे र सफासँग अरु थप धेरै शोधहरु गर्ने कुरा पनि बताए ।

के हो समाधान

एक्सेटर यूनिवर्सिटी को तर्फाट गरिएको तथ्यहरुको अध्ययनमा प्रमुख रिर्सचर डा. फियोना मैथ्यूज यस सर्न्दर्भमा बताउछन् कि साधारण मानिसहरु यस सम्बन्ध यस कुराले घबराउनुपर्ने जरुरी छैन । यदि तपाइलाई आफनो प्रजनन शक्तिलाई लिएर सम्भावित कठिनाइको बारेमा जानकारी छ भने तपाई यसलाई एक अरु ध्यान दिनु लायकको मुद्दा मान्न सक्नुहुन्छ । जस्तो तपाई आफनो आहारमा परिवर्तन गर्न सक्नुहुन्छ, त्यसै गरी नै फोन राख्ने ठाउँ पनि परिवर्तन गर्ने बारेमा सोच्न सक्नुहुन्छ ।

अतः साथीहरु, मोबाइल बोक्ने सही ठाउँ पत्ता लगाउनुहोस् ।

 

LIVE TV