२१ चैत्र २०७२, आईतवार

 

सरकारले मुलुकभरका करिब तीन हजार गाउँ विकास समितिका सचिवलाई मोटरसाइकल दिने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मोटरबाटो पुगेका दुई हजार सात सय ६६ गाउँ विकास समितिका सचिवलाई बढीमा दुई लाख ५० हजार रुपैयाँ खर्च गर्न मिल्ने गरी उनीहरुलाई खरिद गर्ने अनुमति दिएको हो ।

motar

एक वर्षयता कामको चाप बढी भएको, कामअनुसार सेवासुविधा नभएको लगायत गुनासो गर्दै करिब एक हजार गाविस सचिवले मन्त्रालयमा सवारीसाधन, सञ्चारखर्चवापत मासिक एक हजार र बीमा प्रिमियम वापत वार्षिक २५ हजार रुपैयाँ पाउनुपर्ने माग राखेका थिए । कतिपय गाविस सचिवले काम गर्न कठिन भएकोे मन्त्रालय नै परिवर्तन गर्ने गरी सरुवाको निवेदन दिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

LIVE TV