२० चैत्र २०७२, शनिबार

काठमाण्डौंमा अन्तराष्ट्रिय ट्याटु सम्मेलन जारी, पछिल्लो समय शारिरीक पीडा सहेर ट्याटु खोपाउने नेपाली युवाहरुको संख्या पनि बढ्दो 

TATOO

कुनै बेला नेपालमा ट्याटु खोप्नु निकै अनौठो काम मानिन्थ्यो । अझ भन्ने हो भने ट्याटु बनाउनु साहसीको काम थियो । तर पछिल्लो समय नेपालमा पनि ट्याटु खोप्नेहरुको संख्या वढदै गएको छ । आजदेखि  कामठमाण्डौमा भइरहेको ट्याटु सम्मेलनमा थुप्रै नेपालीका साथै विदेशी युवा युवतीहरु शरीरका अंगमा विभिन्न आकृतिका ट्याटु वनाउन व्यस्त छन ।  शरीर खोपेर बनाउनु पर्ने चित्रहरु हेर्दा आकर्षक भए पनि बनाउँदा पक्कै पीडा हुन्छ तर ट्याटु खोप्नेहरुमा पीडाभन्दा ज्यादा खुशी देखिन्छ ।

पछिल्लो समयमा नेपाली युवा युवतीका माझ पनि  पनि ट्याटु मोह ह्वात्तै बढदै गएको छ ।  शुक्रबार देखि काठमाण्डौमा अवस्थित होटल याक एण्ड यतिमा सुरु भएको छैठौं ट्याटु सम्मेलनमा नेपाल, युके, अमेरिका, भारत, चीन, स्पेन, जर्मनी, जापान, स्विजरल्याण्ड, स्विडेन, अष्ट्रेलिया, क्यानेडा  लगायत २२ देशको सहभागिता रहेको ट्याटु सम्मेलनमा करिब ६० स्टलहरु रहेका छन । नेपालामा ट्याटु बनाउने युवा मात्र होइन ट्याटु खोप्न सिकाउने स्कुल र ट्याटु बनाउने ठाउँहरु पनि बढ्दो छ ।

छैटों पटक नेपालमा ट्याटु सम्मेलन गराउन सफल विजय श्रेष्ठ भने नेपाल कला क्षेत्रमा निपुर्ण रहेको र विदेशमा पनि नेपालको वारेमा प्रचार प्रसार गर्न यो सम्मेलन आयोजना गरिएको वताउनुभयो । ट्याटु सम्मेलन मार्फत कलाकारहरुले हाफ्नो प्रतिभा प्रस्तुत गर्न पाउने उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय ट्याटु वनाउन चाहनेहरुको संख्या वढदै गएको छ ।  धेरै जसो त विभिन्न सेलिब्रेटीवाट प्रभावित भएर ट्याटु वनाउन आउने गरेका छन् । ट्याटु खोप्नु भनेको शौखको विषय रहेको र पछिल्लो ट्रेन्ड हेर्दा यो संख्या वढदै गएको उनीहरुको अनुभव छ ।

ट्याटु बनाउनेको संख्या बढेसँगै ट्याटुमा नै देशको संस्कृति झल्कने तस्विर कुदिँरहेका छन । नेपालको ऐतिहासिक सम्पदाका तस्विर ट्याटुको रुपमा शरिरको विभिन्न ठाउँमा कुदिँदा उनीहरुको महत्व झनै बढ्ने ट्याटु व्यवसायीहरु वताउछन । ट्याटु वनाउन त्यती सजिलो हुँदैन । शरिरका विभिन्न भागम ट्याटु कुददा धेरै पीडा समेत हुन्छ । पीडा हुँदा हुँदै पनि ट्याटुु प्रतिको मोह नेपाली युवा युवतीमा वढदै गएको पाइएको छ ।

 

LIVE TV