२० चैत्र २०७२, शनिबार

नवलपरासीको मध्यवर्ती क्षेत्र आसपासमा मौरी चराउन ल्याउने किसानहरु संख्या बढेको छ । अहिलेको मध्यवर्ती आसपासमा निकै धेरै मात्रामा मौरीका घारहरु देख्न सकिन्छ ।

timthumb

परम्परागत घार एक ठांउबाट अर्को ठाउंमा लैजान झन्झट हुने गरेपनि आधुनिक घार भने एक स्थानबाट अर्को स्थानमा सबारी साधानमा राखि सजिलै संग लैजान सकिने हुँदा बाहिरी जिल्लाबाट यहां चरणको लागि ल्याउने गरेका छन् । मौरीको लागि आवश्यक पर्ने आहारको लागि प्रशस्त मात्रामा फुलफुल्ने बोट बिरुवाहरु आवश्यक पर्ने र त्यसको लागि मध्यवर्ती क्षेत्र उपयुक्त ठाउं भएकाले आफुले चरणको लागि नवलपुर क्षेत्रको मध्यवर्ती क्षेत्रमा ल्याउने गरेको चितवनका मौरीपालक किसान हरिबहादुर घिमिरेले बताउनुभयो ।

बिशेष गरी फागुन महिला शुरु भएपछि यस क्षेत्रमा मौरी ल्याउने र जेठ महिनामा लैजाने गरिएको छ । मध्यवर्तीमा शान्त बाताबरण संगै मौरीहरुको लागि राम्रो हावापानी रहेको पनि यस क्षेत्रमा मौरी चराउनको लागि ल्याउने गरेको र दैनिक रुपमा यहां मौरी ल्याउने संख्या बढदै गएको कृष्णशार मध्यवर्ती बनका अध्यक्ष ऋषिकेश भट्टराईले बताउनुभयो । कृष्णसारमा मात्रै करीब १२ सय भन्दा मौरीका घारहरु चरणको ल्याईएको छ । मध्यवर्ती क्षेत्रदेखि नजिक धेरै खेति योग्य जमिन रहेको र त्यहां फुल खेल्ने तोरी लगायत अन्य खेती संगै मध्यवर्ती बनमा रहेका बिरुवा मौरीको लागि प्रमुख आहारा हुन् ।  अन्य क्षेत्रमा भन्दा यहां चरण गराउदा बढी मात्रामा मह उत्पादन हुने र किसानहरुले बढी आम्दानी गर्ने हुंदा आफुले चरणको लागि मध्यवर्ती रोज्ने गरेको किसानहरुको भनाई छ । यहां रुपन्देही, चितवन लगाएत जिल्लाका बिभिन्न स्थानबाट मौरी चरणको लागि ल्याउने गरिएको छ ।

 

 

LIVE TV