२० चैत्र २०७२, शनिबार

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कालोबजारी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

PM PM
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ र नेपाल महिला सङ्घका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले इन्धन, ग्यासलगायतका अत्यावश्यकीय इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले जनतालाई अत्यावश्यकीय वस्तु तथा सेवा उपलब्ध गराउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको र नाकाबन्दी नरहेको बेला पनि सेवा तथा वस्तु आपूर्ति असहज हुने कुरा सरकारलाई सह्य नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले तस्करीलाई प्रश्रय दिन कानुन परिवर्तन ग¥यो भन्ने हल्ला गलत भएको बताउँदै कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्नुपर्दा नेपाली काँग्रेससँग परामर्श गरिने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

उहाँले पुनःनिर्माणको काम चुनौतीपूर्ण भए पनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने दृढता व्यक्त गर्दै वर्षायामअगावै भूकम्पपीडितलाई सुरक्षित बसोबासका लागि सरकार प्रयत्नशील रहेको विचार व्यक्त गर्नुभयो । रासस

 

LIVE TV