२० चैत्र २०७२, शनिबार

शान्ति र सद्भावको ढोका लुम्बिनीबाट खोलिनुपर्नेमा पूर्व राष्ट्रपति यादवको जोड, मुलुकको समृद्धिका लागि पहाड र मधेसको मिलन जरुरी

rambaran

पूर्व राष्ट्रपति डा. रामबरण यादवले शान्ति र सद्भावको ढोका बुद्ध जन्मस्थल लुम्बिनीबाट खोलिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले शान्ति र सद्भावको शुरुवात बुद्ध जन्मथलो लुम्बिनीबाट शुरु भएको बताउदै यसले देशव्यापी भएर सबै समुदायमा एकता कायम गर्न भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

लुम्बिनी विश्व शान्ति मन्च, टुर दी लुम्बिनी, ग्लोबल पिस फाउन्डेसन र संयुक्त युवा विद्यार्थी मन्चको संयुक्त आयोजनामा सद्भाबको लागि क्रिकेट र साइक्लिङ्ग कार्यक्रमको समुद्घाटन गर्दै पुर्व राष्ट्रपति यादवले मुलुकको समृद्धिका लागि पहाड र मधेसको मिलन जरुरी भएको बताउनु भयो । भैरहवा स्थित सिद्धार्थ रंगशालमा आयोजित समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले उत्तरमा मंगोलियन र दक्षिणमा आर्यन सभ्यता भएको विशाल दुई छिमेकीकोबीचमा रहेका देश समृद्ध र शान्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व राष्ट्रपति डा. यादबले मधेसी समुदायमा नयां संविधानप्रति केही असन्तुष्टि जागृत भएको भन्दै उनीहरुको असन्तुष्टिको बारेमा आफुलाई पहिल्यै थाहा भएको सो सम्बन्धमा शीर्षस्थ नेताहरुलाई सचेत गराउंदा आफुलाई विवादमा तानिएको गुनासो गर्नुभयो । उहाँले पछि आएर संविधान संशोधन गरियो तर आफुलाई भने वेकारमा विवादमा तानिएको गुनासो दोहो¥याउनु भयो ।

डा. यादवले वीपी कोइराला र गान्धीलाई स्मरण गर्दै लुंगी, टोपी, धोती, कछाड, बख्खु लगाउनेहरुको देश नेपाल विश्वकै समृद्ध देश बनाउन सबै मिलेर नेपालको नयां संविधानको संरक्षण र सम्बद्र्धन गर्दै कार्यन्वयन तहमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । भैरहवाको कार्यक्रमलाई सम्बोधन गर्नु अघि डा. यादवले शनिवार विहानै लुम्बिनी स्थित मायादेवी मन्दिर पूजा अर्चना गरेर केही समय ध्यान गर्नुभएको थियो ।

 

 

LIVE TV