२० चैत्र २०७२, शनिबार

काठमाडौँ, नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले एकीकृत माओवादी तथा अन्य क्रान्तिकारी कम्युनिस्टसँग एकता गर्न प्रयत्न भइरहेको बताउनुभएको छ ।

cp-dai_20140909024207
सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा उहाँले क्रान्तिकारी माओवादी पार्टीको नौ दिनदेखि चलिरहेको केन्द्रीय समितिको बैठकमा सहभागी सदस्यले क्रान्तिका निम्ति माओवादी शक्तिबीच एकता हुनुपर्ने कुरामा जोड दिनुभयो ।

उपाध्यक्ष गजुरेलले सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक सिन्धुलीगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नसकेमा त्यहाँ राम्रो पर्यटन प्रवद्र्धन हुने विचार व्यक्त गर्नुभयो ।

सोही पार्टीका नेता दिनेश शर्माले समाजमा वर्गीय अन्तर रहँदासम्म नेपाली जनताले समानता र सामाजिक न्याय प्राप्त गर्न नसक्ने बताउँदै त्यस्तो अवस्थाले मानिसलाई क्रान्तिकारी भावनाको विकास गराउने बताउनुभयो ।

मञ्चका अध्यक्ष विजय पुलामीले राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि सबै क्रान्तिकारी एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । रासस

 

LIVE TV