२० चैत्र २०७२, शनिबार

चीनसंगको ऐतिहासिक पारवहन सम्झौता नेपालको लागि फलदायी हुने उपप्रधानमन्त्री मैनालीको विश्वास, पाकिस्तान हुँदै अन्य मुलुकसंग व्यापार बढ्ने विश्वास

C P N

उपप्रधान तथा स्थानीय विकास मन्त्री सीपी मैनालीले चीनसंगको ऐतिहासिक पारवहन सम्झौताले पाकिस्तान हुँदै अन्य मुलुकहरुसंगको व्यापार बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपालको विकासमा पाकिस्तानको सहयोग उल्लेखनीय रहेको बताउनुभयो ।

नेपाल पाकिस्तान मैत्री एवं सास्कृतिक संघद्धारा काठमाण्डौमा आयोजित कार्याक्रममा उपप्रधानमन्त्री मैनालीले नेपालले चीनहुँदै पाकिस्तानसंगको व्यापारलाई तीव्र बनाउन लागि पर्ने समय आएको बताउनुभयो । पाकिस्तानसंगको पहुँचले अन्य मुलुकतर्फ नेपालको पहुँच सहज हुनेपनि मैनालीको भनाई छ ।

कार्यक्रममा नेपालकालागि पाकिस्तानी राजदूत एर्साद साउद खोसाले नेपालसंग सम्वन्धलाई पाकिस्तानले उच्च महत्व दिएको बताउनुभयो । उहाँले दुई मुलुकबीच सास्कृतिक एवं आर्थिक दुवै क्षेत्रमा सहयोग उच्च बनाउनु पर्ने धारणा राख्नुभयो ।

काठमाडौंस्थित परोपकार केन्द्रीय चिकित्सालयमा आयोजित कार्यक्रममा पाकिस्तान अध्ययन गरेर फर्किएका नेपाली डाक्टरहरुले निशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका थिए । पाकिस्तानले नेपाललाई शैक्षिक, आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ ।

 

 

 

LIVE TV