२० चैत्र २०७२, शनिबार

नेपाल स्टक एक्स्चेन्जमा यस साता ३ अर्ब ८८ करोड ८४ लाख ९६ हजार ३ सय रुपैँया बराबरको शेयर कारोबार भएको छ । २० दशमलव १९ अंकको बृद्धिबाट सुरु भएको नेप्से बजार अन्तिम दिनसम्म आउँदा १ हजार ३ सय ५५ दशमलव ४८ अंकमा ओर्लिएको हो ।

nepse

२० दशमलव १९ अंकको वृद्धिसँगै १ अर्ब माथिको कारोबार गरेर साताको सुरुवात गरेको शेयर बजार अन्तिम दिन घटेर बन्द भयो । साताभरमा नेपाल स्टक एक्सचेन्जमा ३ अर्ब ८८ करोड ८४ लाख ९६ हजार ३ सय रुपैँया बराबरको शेयर कारोबार भयो । करोबार रकम अघिल्लो साताको भन्दा ४४ करोड ३४ लाख बढी हो । नेप्से परिसूचक भने गत साताको तुलनामा सामान्य घटेको छ । गत साताको अन्तिम दिन १ हजार ३ सय ५७ दशमलव १४ अंकमा पुगेर बन्द भएको परिसूचक यस साताको अन्तिम दिन १ हजार ३ सय ५५ दशमलव ४८ अंकमा ओर्लिएको छ । साताको शेयर बजार वीमा समूहले ओरालेको छ ।

साताको आइतबार सामान्य बढेको वीमा समूह सोमबारदेखि साताको अन्तिम दिनसम्ममा नै ओरालो लागेको छ । साताभर धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । त्यस्तै, नेपाल बैँकको पनि धेरै कारोबार भएको छ । साताभर कमाउनेमा सानाका कम्पनीहरु अगाडि रहेका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् भने कालिञ्चोक डेभलपमेन्ट बैँकका लगानीकर्ताले धेरै गुमाएका छन् ।

 

LIVE TV