२० चैत्र २०७२, शनिबार

काठमाडाँै, विश्वशान्ति र राष्ट्र कल्याणको कामना गर्दै चैत २७ देखि वैशाख ३ गतेसम्म गोरखाको तान्द्राङ–१ अमिली चौर, आरुघाटमा बृहत् ज्ञान महायज्ञ गरिने भएको छ ।

mahayegy
विश्वशान्ति, राष्ट्र कल्याण र महाभय निवारणका लागि १०८ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको आज पशुपतिनाथमा आयोजित प्रचारप्रसार कार्यक्रममा जानकारी दिइयो ।

महायज्ञअन्तर्गत श्रीमद्भागवत मूल पाठपारायण, ब्रतबन्ध, लाख हवन, चौरासी दान, तुलादान, लाखबत्ती, गीता, चार वेद, अठार पुराण पारायण र भजन कीर्तनलगायतका कार्यक्रम गरिने आयोजक मूल समारोह समितिका संयोजक लेखनाथ खनालले बताउनुभयो ।

महायज्ञमा व्यासाचार्य स्वामी डा चक्रपाणि आचार्य र व्यास सहयोगी सीता सुवेदीले प्रवचन दिनु हुने बताइएको छ ।रासस

 

LIVE TV