
फिल्म ‘बाटो मूनीको फूल २’ को निर्माण पक्षले प्रेसमिटको आयोजना गरेर नयाँ गीत र जानकारी सार्वजनिक गरेको छ । पछिल्लो समयमा फिल्म ‘बाटो मूनीको फूल २’ निर्माण टोलीले पब्लिसिटिलाई तिब्ररुपमा अगाडि बढाईराखेका छन् । बैशाख १० गतेबाट ‘बाटो मूनीको फूल २’फिल्म सम्पुर्ण नेपाली दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्म ‘बाटो मूनीको फूल २’ लाई सुवर्ण थापाले निर्देशन गरेका छन् । फिल्मले जातिय बिबेदको कुरालार्ई उठाएको छ । फिल्मको निर्माता, संगीतकार र नायकको रुपमा यस कुमार रहेका छन् । प्रेसमिटमा यस कुमार मिजासिला , भावुक र आक्रोसित मुद्रामा देखिएका थिए । उनले फिल्मको बारेमा जानकारी दिदै गर्दा म कलाकार हुँ, म हिरो बन्न आएको होईन, हिरो भन्दा लाज लाग्छ, राम्रो मेकर्स बन्न चाहन्छु यसले भने ।
उक्त प्रेस मिटमा फिल्मका निर्माता, नायक तथा संगीतकार यसले मुलुकका ६० लाख पिडित दलितहरुको आवाजबाट ‘बाटो मूनीको फूल २’ फिल्म निर्माण गरेको पनि बताए । ‘बाटो मूनीको फूल २’ का लागि यस कुमारले ६ वटा फिल्महरु छोडेको बताउदै जातिय छुवाछुत फिल्मको मुख्य एजेण्डा रहेको बताएका छन् । ‘बाटो मूनीको फूल २’ को प्रेसमिटमा अन्तरजातिय बिहे गर्ने जोडिलाई लक्कि ड्र मार्फत स्कुटि उपहार दिने घोषणा पनि गरीयो । उक्त उपहारका लागि जोडिले टिकटको अर्धकट्टि र बिहेको प्रमाण पत्र पेश गर्नुपर्ने बताएका छन् । फिल्मका कलाकारहरु पनि उक्त प्रेसमिटमा उपस्थित भएका थिए । बाबु बोगटि, अशिष्मा नकर्मी, ऋचा शर्मा लागाएतका कलाकारहरुले प्रेसमिटमा फिल्मको बारेका बेग्लाबेग्लै शैलीमा आ आफ्ना कुरा राखे ।
बैशाखको १० गतेबाट दर्शकमाझ प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटो मूनीको फूल २’ मा यस कुमार, बाबु बोगटि, ऋचा शर्मा, दिलिप रायमाझि,अशिष्मा नकर्मी, रीमा बिश्कर्मा,टिका पहारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘बाटो मूनीको फूल २’ को प्रेसमिटमा फिल्मको नयाँ गीत पनि रिलीज गरीयो । रिलीज गीतमा ऋचा शर्मा र दिलीप रायमाझिले फिचरीङ गरेका छन् । उक्त गीतको स्वर,संगीत तथा शब्द पनि यस कुमार कै रहेको छ ।