२० चैत्र २०७२, शनिबार

भ्रूणको स्टेमकोषबाट इन्सुलिन उत्पादन गर्ने अर्बौं बिटा कोष सिर्जना गर्नमा सफलता मिल्नुलाई स्टेमकोष अनुसन्धानमा ठूलो फड्को मानिएको छ । स्टेमकोषले मानिसको शारीरिक संरचनामा विशिष्ट भूमिका खेलेको छ । आवश्यक परेको बेला शरीरका परिपक्व कोषमा रूपान्तरित हुनसक्ने गजबको गुण स्टेमकोषमा हुन्छध्र
परिस्थिति वा पाइने सङ्केतका आधारमा स्टेमकोषले विशिष्ट जैविक पहिचान अनुसार आपूmलाई हड्डी, मुटु वा स्नायुका विशिष्ट कोषमा परिवर्तन गर्छन् । यस अतिरिक्त हर्मोनबाट मिल्ने सङ्केतले स्टेमकोष परिचालित हुन्छ । जस्तो कि इन्सुलिनले स्टेमकोषलाई सङ्केत दिएर बोसोका कोषमा परिवर्तन हुनसक्छ । इन्सुलिन प्रतिरोध क्षमता विकास भएका मानिसमा सजिलै बोसो लाग्नुको यो एक कारण हुन्छ । वास्तवमा स्टेमकोषलाई अपरिपक्व कोष भन्न सकिन्छ । शरीरमा यी कोष उपस्थित छन् । अङ्ग र तन्तु अनुसार स्टेमकोष विशिष्ट गुण लिएका हुन्छन् । जस्तो कि कलेजोका स्टेमकोषले परिआएको बेला आपैmँ कलेजोका कोषमा रूपान्तरित भएर कलेजोको मर्मत गरिरहेका हुन्छन् तर शरीरमा एक अङ्गको विशिष्टता भएको स्टेमकोषले अर्को अङ्गको मर्मत गर्दैन र एक निश्चित अवस्थासम्म मात्र विशिष्ट अङ्गको मर्मत गर्दछध्र

doctor
यसैले स्टेमकोषमा अनुसन्धान गरी निर्देशन अनुसार स्टेमकोषलाई परिचालन गर्न वैज्ञानिक खोज्दैछन् । जुन पक्षमा सफलता पाइएमा शरीरको जुनसुकै भागको स्टेमकोषबाट कुनै पनि अङ्ग वा तन्तु मर्मतको काम इच्छा अनुसार गर्न सकिनेछ । उदाहरणका लागि छालाबाट स्टेमकोष लिएर मिर्गौलाको मर्मत गर्न मिल्नेछ । स्टेमकोषबाट इन्सुलिन उत्पादन गर्ने बिटा कोष बनाएको जानकारी सेल जर्नलमा दिँदै हार्वर्डका अनुसन्धानकर्ताले स्टेमकोषबाट बनाइएका बिटा कोषलाई मधुमेह भएको मुसाको मिर्गौलामा प्रत्यारोपण गर्दा दुई हप्तापछि मुसामा मधुमेहको कुनै लक्षण नरहेको उल्लेख गरेका छन् ।
पहिलो प्रकारको मधुमेह भएका मानिसको उपचारमा यस सफलताले ठूलो महìव राख्नेछ । दोस्रो प्रकारको मधुमेह भएकालाई यसबाट लाभ मिल्नेछ । हार्वर्ड विश्वविद्यालयमा स्टेमकोष अनुसन्धानमा लाग्नुभएका डग्लस मिल्टनले आपूmहरूको अनुसन्धान अब क्लिनिकल परीक्षणको अवस्थामा रहेको बताउनुभएको छ । पहिलो प्रकारको मधुमेह भएको अवस्थामा प्यान्क्रियाजले इन्सुलिन उत्पादन गर्दैन र रोगीले बाँचुन्जेल कृत्रिम इन्सुलिनमा भर पर्नुपर्छ । एजेन्सी

 

LIVE TV