२० चैत्र २०७२, शनिबार

१. नेपालको संविधानलाई लिएर भारत र युरोपेली युनियनले जारी गरेको संयुक्त वक्तव्यप्रति सरकारले जनायो कडा शब्दमा आपत्ति, वक्तव्य सर्वथा अनुचित ।

२. बीरगञ्जमा सम्पन्न केन्द्रीय समिति बैठकद्धारा राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्ट तीन वर्षका लागि निलम्बित, औपचारिक जानकारी नआएको विष्टको भनाई ।
३. नेपाल वार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज मतदान हुदैं, २५ पदका लागि ७१ जनाको उम्मेद्वारी, अध्यक्षमा मैनाली र केसीको प्रतिस्पर्धा ।
४. नेपाल पुलिस क्लब झापा गोल्डकपको क्वाटरफाइनलमा, पुलिसले भारतीय आर्मीको गोर्खा व्याइज क्लबलाई तीन एकले निराश पा¥यो ।

५. र, आइएसविरुद्ध इराकी सेनाको भीषण कारवाही, सय लडाकुसहित १० इराकी सेना मारिए, आइएसको कब्जामा रहेका शहरहरु फिर्ता लिन इराकी सेना प्रयासरत ।

morning news

LIVE TV