२० चैत्र २०७२, शनिबार

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बुधवार पक्राउ परेका ३५ नेपालमध्ये ६ जनालाई जेल चलान गरेको छ। बाँकी २९ जनालाई १८ वर्षभन्दा कम उमेरको भन्दै त्यहाँको चाइल्ड लाइनमार्फत बाल सुधारगृहमा पठाएको बिहार पुलिसले शुक्रवार जनाएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

hatkadi

कारागार चलान गरिएका धनुषा पर्टेवा-६ का उपेन्द्र सदा, सुरज अधिकारी दनुवार, वडा नम्बर-५ का ज्ञान दनुवार, सिरहा बन्दीपुर-१ का तपोलाल दनुवार, सिरहा  बक्राहा-३ का सरिफ मियाँ र धनुषा सबैला-८ का बद्री सदा रहेको श्रीखण्डी भिट्ठास्थित बिहार पुलिसले जनाएको छ।

 

उनीहरुलाई एसएसबीको लिखित पत्रपछि मानव बेचबिखन कसुरमा सुरसन्ड थानामा ‘एफआईआर’ दर्ता गरी सीतामढी सदरमुकाम डुमरास्थित कारागार चलान गरिएको हो।

 

श्रीखण्डी भिट्ठास्थित बिहार पुलिस प्रमुख मिहिर कुमारका अनुसार जेल चलान गरिएकामाथि अनुसन्धान गरी डुमरा कोर्टमा मुद्दा दर्ता हुनेछ।

 

 

LIVE TV