१९ चैत्र २०७२, शुक्रबार

पूर्वी नेपालमा पर्यटनको सम्भावना प्रशस्तै हुँदाहँुदै पनि राज्यले उपेक्षा गरेका कारण यस क्षेत्रको पर्यटनको विकास नभएको आरोप सरोकारवालाहरुले लगाएका छन् । नेपाल सरकार , पर्यटन वोर्ड सगै स्थानीय निकायहरुले समेत पुर्वको  पर्यटन प्रर्वद्धनमा खासेै लगानी नगरेको उनीहरुको निष्कर्ष छ

pp2

पूर्वमै पहिलो पटक प्याकेज टुरको सुरुवात गरेको छेस ट्राभलिङको चौथो बार्षिक उत्सव कार्यक्रममा बोल्ने अधिकांश पर्यटन व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । पर्यटन व्यवसायी तथा विराट पर्यटन प्रवद्र्धन समितिका सदस्य रविन गौतमले राज्यले विभिन्न नाममा संस्थाहरु खोले पनि पर्याप्त वजेट भने नहुँदा काम हुन नसकेको बताउनुभयो ।

p11

सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले राज्यले पूर्वलाई सौतेनी व्यवहार गर्ने गरेको आरोप लगाउदै काठमाडौ पोखरा र चितवनमात्र नेपाल देख्ने गरेको  आरोप लगाउनुभयो । उहाँले पूर्वी नेपाल तथा १ नम्बर प्रदेश मा सर्वाेच्चशिखर सगरमाथा देखि मुलुककै होचो स्थान केचना सगै प्रसस्थ पर्यटकीय क्षेत्रहरु हँदाहुँदै पनि राज्यको ध्यान जान नसकेको गुनासो गर्नुभयो ।

pp1

धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईले राज्यका निकायहरुले पर्यटन प्रबद्र्धन सोचे अनुरुप काम गर्न नसकेका स्वीकार गर्नुभयो । कार्यक्रमका नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटनको लागि राइट प्रोडक्ट,लोकेशन ,राइट टाइम र राइट  मार्केटिङ आवश्यक पर्ने वताउदै नेपालमा सबै भएपनि मार्केटिङको अभावमा पर्यटनको विकास केही पछि परेको बताउनुभयो ।

केन्द्रमा आएका पर्यटकको मुख नताक्न आग्रह गर्दै पूर्वको लागि पूर्वमै तथा पश्चिमले पश्चिमै पर्यकटहरुको खोजी गर्नु पर्ने जोशीको भनाई थियो ।

 

LIVE TV