१९ चैत्र २०७२, शुक्रबार

नेपालको संविधान जनहीतकारी भएको प्रधानमन्त्री ओलीको दावी, साम्प्रदायिक विभेद नफैल्याउन सबैमा अपील, विखण्डनको कुरा गर्नेलाई कारवाही गरिने

kp_oli1-527x372

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान जनहीतकारी भएको बताउनुभएको छ । उहाँले सात वर्षको मेहनतसंगै जारी भएको नयाँ संविधान हरेक नेपालीको अधिकार सुनिश्चित गरेको दावी गर्नुभयो ।

नेपाल बिद्युत प्राधिकरण कर्मचारी युनियनको दशौं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधताले भरिपूर्ण मुलुक नेपालमा साम्प्रदायिक विभेद फैलाउने कार्य नगर्न सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले नेपाल एक स्वतन्त्र र अखण्ड मुलुक भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपाललाई कसैले टुक्राउन नसक्ने र कसैले खुलेआम देश टुक्राउने कुरा गर्दै हिड्छ भने उसलाई नियन्त्रणमा लिएर कारवाही गरिने प्रतिबद्धता जनाउनु भयो ।

प्रधानमन्त्री ओलीले संविधानको कार्यान्वयन र आर्थिक सम्वृद्धि सरकारको मूल लक्ष्य रहेको पनि बताउनुभयो । उहाँले मुलुकलाई केहि समयभित्रै आत्मनिर्भर बनाउन आफु अघि बढेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाललाई २ बर्षभित्र खाद्यान्न र लत्ताकपडामा आत्मनिर्भर बनाइछाड्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।

 

LIVE TV