१९ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, नेपाल बार एसोसिएसनले संविधान कार्यान्वयनका लागि ऐनमा संशोधन आवश्यक भए सरकार र संसद् गम्भीर भई तत्काल संसद्को अधिवेशन आह्वान गरी वैधानिक र व्यवहारिक पाटो अवलम्बन गर्न अपिल गरेको छ ।

Nepal_Association_981135455_478054617_310492957
बारका महासचिव सुनिलकुमार पोखरेलले आज एक प्रेस विज्ञप्ति जारी गरी नयाँ संविधान कार्यान्वयनका लागि संसद् आह्वान गरी प्रस्तावित संशोधन गर्नुपर्ने सम्पूर्ण ऐनका बारेमा सार्वभौम संसद्मै छलफल गरी पारित गर्न अपिल गरिएको छ ।

विज्ञप्तिमा आवश्यकताको सिद्धान्त देखाई कुनै व्यक्ति वा निकायको सुविधा वा असुविधाका लागि सिङ्गो संविधान, संविधानद्वारा स्थापित अङ्गको अधिकार कटौती र स्थापित मान्यतालाई सङ्कटमा पार्ने काम नगर्न पनि आग्रह गरिएको छ ।

न्यायपालिका सदैव विवादरहित रहनुपर्ने र सम्पूर्ण नागरिकले न्यायपालिकामा अपनत्व महसुस गरी जनताको न्यायमा पहुँच सुनिश्चित गर्ने किमिसको न्यायिक संरचना निर्माण गर्नसमेत सरोकारवाला पक्षमा बारले अपिल गरेको छ । रासस

 

LIVE TV