१९ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, मुलुकमा व्याप्त कालोबजारी, महँगी र भ्रष्टाचारका विरूद्ध संयुक्त विद्यार्थी सङ्गठनले आज विरोध प्रदर्शन गरेका छन् ।

kalobajaari
अपराह्न भृकुटीमण्डपबाट सुरू भएको विरोध जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा पुगी कोणसभामा परिणत भएपछि अनेरास्ववियुका अध्यक्ष नवीना लामाले कालोबजारीको अन्त्य नभएसम्म विद्यार्थी सङ्गठनले सुरू गरेको संयुक्त र एकीकृत सङ्घर्षलाई जारी राखिने बताउनुभयो ।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रञ्जित तामाङले खुलेआम कालोबजारी हुँदा समेत सरकारले कुनै कारबाही गर्न नसकेको बताउनुभयो । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले हामी कालोबजारीलाई घुँडा टेकाएर छाड्नेछौँ भन्नुभयो ।

नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रन्तिकारी)का उपाध्यक्ष वीरेन्द्र बस्नेत, अखिल (छैटौँ)का अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल(पाँचाँै)का अध्यक्ष घनश्याम मिश्रलगायतले कालोबजारी अन्त्यका लागि कडा सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो । रासस

 

LIVE TV