
चीन र भारत दुबै नेपालमा रेल कुँदाउन तत्पर, दुवैको स्वार्थको रेल दौडाउने सपना नेपाली नेताहरुले साकार पार्दै, नेताहरुलाई सचेत हुन सुझाव
नेपालमा रेल ल्याउने प्रतिवद्धता पटक पटक भइसकेको छ तर व्यवहारिक रुपमा रेल कहिले गुडला भन्न सकिन्न । तर नेपालमा चीन र भारत दुवैले रेलको विकास गर्न चाहिरहेका छन् तर त्यसमा पनि उनीहरुको आ आफ्नै स्वार्थ छ । उनीहरुको स्वार्थ बुझेर हो या नबुझी नै नेपाली नेताहरु पनि नेपालमा रेल गुडाउन लागिपरेका छन् । अहिले कि भरे कुदिहाल्ला झै गरेर गफ हाँक्ने नेताहरुले व्यवहारमा भने कहिले कुँदाउने हुन नेपाली जनता भाषण सुनेर नै आजित बनिसके ।
बुधवार प्रधानमन्त्री ओलीले एक कार्यक्रममा भाषण गर्दै चीनसँग भएको सम्झौता अनुसार आफूले रेल ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । चीन भ्रमणका क्रममा भएको १० बुँदे सहमतिमा चीनको तिब्बत हुँदै केरुङ काठमाडौं, काठमाडौं पोखरा र पोखरा लुम्बिनीसम्म रेल बनाउने भनिएको छ र यही बिषयलाई उनले भाषण गरे कि अव रेल नेपालमा आउँछ ।
सडक यातायतकै दयनीय अवस्था रहेका बेला प्रधानमन्त्रीले चिनियाँ रेल कुदाउने सपना बाँडनु भयो । उहाँले यस्तो सपना बाँड्नुको पछाडि चीनसँग भएको सम्झौता प्रमुख कारण हो । त्यस वाहेक पनि भारतले नेपाल अर्को रेल गुडाउने चाहना राखेको छ । नेपाल आफैले पूर्व पश्चिमसम्म रेल पु¥याउनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट डीपीआर नै बनाउन सकिरहेको छैन । सरकारले २०६८ साल असारबाट रेलको लागि छुट्टै विभाग बनाए पनि उसको काम निक्कै ढिलो छ । पूर्व राष्ट्रपति डा. रामवरण यादव भारत जाँदा भएको सम्झौता अनुसार अहिले जनकपुर जयनगर रेलमार्गको अपग्रेडिङको काम भइरहेको छ भने विराटनरसम्म रेल ल्याउने काम अगाडि बढेको छ । यस वाहेक पूर्व पश्चिम रेल मार्गको लागि बर्दिवास,सीमरा, वीरगन्ज, सीमरा तम्सरिया, तम्सरिया बुटवल खण्डको ३ सय मिटरको डीपीआर तयार पार्ने वाहेक अरु केही हुन सकेको छैन ।
तर, यहाँ रेल ल्याउन उत्तर र दक्षिणको आ आफनै दौडधुप छ । र, ती देशहरुले सहयोग स्वरुप दिन लागेको रेलमा पनि ठूलो आशंका छ । दक्षिणमा फेज आउट भइसकेको रेल नेपालमा पठाउन लागिएको भन्दै सांसद विक्रम पाण्डेको बुझाई भने यस्तो छ ।
चीन र भारतसँग रेल ल्याउन छुट्टा छुट्टै सम्झौता भइसकेको छ तर रेल सम्बन्धी काम गर्ने जिम्मेवारी पाएको रेल विभागमा भने काम हुन सकेको देखिदैन । दुवै देशसँग रेल सम्बन्धि सम्झौता भएपनि कार्यान्वयनको तह भने निक्कै कमजोर छ । भारतसँग ६ बर्ष अगाडि भएको सम्झौता अझै पूरा भएको छैन भने चीनसँग भएको सम्झौता कहिले पूरा हुने हो यसै भन्न सकिदैन ।तर, नेताहरुले भाषणमा भने रेल कुदाएपनि वास्तविक रेल कहिले कुद्ला भनेर जनता प्रतीक्षा गरिरहेका छन् ।