१८ चैत्र २०७२, बिहीबार

बुटवल, सर्वसाधारणका लागि बिक्री गर्ने उद्देश्यले आयल निगमबाट ट्याङ्करमा लोड भएको झन्डै सात हजार लिटर डिजेल पम्पका सञ्चालकले बढी मूल्य लिई उद्योगलाई बिक्री गर्ने गरेको खुलासा भएको छ ।

npsanjal_3902 Sep. 06
रुपन्देहीस्थित नेपाल आयल निगम भलबारी डिपोबाट हसन आयल ‘फलिङ सेन्टर’ धमौली, रुपन्देहीका लागि तीन हजार ९८५ लिटर र शिवशङ्कर आयल मोग्लाहा रुपन्देहीका लागि लोड भएको डिजेल बुधबार सम्बन्धित पम्पमा नझारी भैरहवा लुम्बिनी करिडारका दुई ठूला उद्योगमा झार्दै गरेका अवस्थाममा प्रहरीले ट्याङ्करसहित चालकलाई नियन्त्रणमा लिइ छानबिन सुरु गरेपछि उक्त खुलासा भएको हो ।

आयल निगमबाट लु१ख ६३६९ नं को ट्याङ्करले तीन हजार ९८३ लिटर डिजेल सिद्धार्थ फ्लोर मिलमा र सिद्धार्थ रिफाइनरी गुरबनियामा तीन हजार ९८५ लिटर डिजेल झारेको सूचनाका आधारमा चालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चालककले पम्प सञ्चालकको आदेशमा आफूले डिजेल उद्योगमा झारेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले सिद्धार्थ फ्लोर रिफाइनरीमा रहेको ट्याङ्कीमा समेत सिल गरिएको तथा थप अनुसन्धान गरिरहेको प्रनाउ कार्कीले जानकारी दिनुभयो । रासस

 

LIVE TV