१८ चैत्र २०७२, बिहीबार

पुरानो प्रविधि र खेति प्रणालीबाट मानिसहरुले कम आशा गर्न थालेका बेला बर्दिया जिल्लामा भने कृषकहरु कृषि पेशामा नै रमाउँन थालेका छन । पुरानो तथा परम्परागत प्रविधिबाट खेति किसानी गर्दे आई रहेका किसानहरु अहिले आधुनिक प्रविधिको उपस्थिति स्वीकारेपछि बर्दियाका किसानहरु कृषि पेशामा नै रमाउँन थालेका हुन ।

बर्दिया जिल्लामा रहेको सिमिट ईन्टरनेशनल नामक गैर सरकारी सस्थाले बर्दिया जिल्लाको खैरापुरमा बसोबास गर्दे आई रहेका ग्रामीण भेगका कृषकहरुलाई कृषि प्रविधि उपलब्ध गराए पछि अहिले कृषकहरु कृषि पेशामानै खुसी देखिएका छन् । परम्परागत रुपमा खेति गर्दा खेति योग्य जमिनमा पनि कम उब्जाउ हुने गरेको र दैनिक गुजारा चलाउँन समेत कठिनाई हुने गरेको भए पनि प्रविधिको मेलजोलपछि किसानहरु खुसी भएको खैरापुरका स्थानीय कृषक रामचन्द्र यादवले बताउँनु भयो ।

सिमिट नेपाल नामक सस्थाले सिसा परियोजना अन्र्तगत बर्दिया जिललाका कृषकहरुलाई बिभिन्न उपकरण सहित करिव ६ लाख मुल्य बराबारको माटो सम्याउँने मेशिन उपलब्ध गराए पछि अहिले उत्पादनमा समेत बृद्धि भएको किसानले बताएका छन् । बर्षौ देखि कृषि पेशा गर्दै आई रहेका स्थानीय कृषकहरुले प्रविधि नअपनाएका कारण उनिहर परम्परागत कृषि पेशमा आश्रीत बन्दै आई रहेका थिए तर प्रविधिको सहयोग पाएपछि सदरमुकाम गुलरिया, राजापुर, कालिका,मैनापोखर लगायतका किसानहरु कृषि कर्मका नै सक्रिय बनेको सर्वजित यादवको भनाई छ ।

बर्दिया जिल्लामा रहेको सिसिट नामक सस्थाले उपलब्ध गराएको सहयोगबाट गहुँ खेती गर्ने किसानहरु षकहरु लाभान्वित हुन थालेको संस्थाका कर्मचारी देवबहादुर खडकाले बताउँनु हुन्छ ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका, राजापुर नगरपालिका, मैनापेखर गाविस र कालिका गाविसको बिभिन्न गाउँहरुमा यति बेला उपकरण प्रयोग गरि गहँुबाली लगाईएको छ । प्रविधि भित्रिएसँगै किसानको खेतीमा समेत सुधार हुँदै गएको किसानहरुको अनुभवले समेत यसको महत्व दर्शाएको छ ।

 

LIVE TV