१८ चैत्र २०७२, बिहीबार

चिकित्सकद्धारा लेखिने प्रेस्क्रिप्सन सर्वसाधारणले नबुझ्दा समस्या बल्झिदै , प्रेस्क्रिप्सनको भाषामा लोभ नगरी उदार बन्न चिकित्सकहरुलाई सर्वसाधारणको सुझाव

dr-letters

अस्पताल र स्वास्थ्य केन्द्रहरुमा डाक्टरले स्वास्थ्य परीक्षण गरिसकेपछि सामान्यतय आवश्यक औषधिका लागि प्रेस्किप्सन लेखेर दिने चलन छ । तर डाक्टर लेख्ने प्रेस्किप्सनको अक्षर भने सामान्यतय नबुझिने किसिमका हुन्छन् । त्यसरी लेखिएका अस्पष्ट प्रेस्किप्सनले कहिलेकाहीं गम्भीर समस्या समेत निम्तने गरेको छ । तर यस्को जवाफदेहिता कसैले स्वीकारेको पाइन्न ।

स्याङ्जा पुतलीबजारका २० बर्षीय नबिन जेटीसंग बिहीबार यस्तै संयोग जु¥यो । स्वास्थ्य समस्या  देखिएपछि उनि अस्पताल पुगे र डाक्टरले चेक जांच गरे औषधि लेखिदिए । प्रेस्किप्सन लिएर  फार्मेसी पुगेका उनलाई डाक्टरले लेखेको अक्षर नबुझिएको भन्दै फेरी लेखाएर ल्याउन भनियो । तर फेरी जाँदा डाक्टर भेटिएन । बिहीबार  महाराजगंज टिचिङ अस्पतालमा भेटिएका उनले न्युज २४ संग यसरी गुनासो पोखे ।

स्वास्थ्य संग जोडिएको कुरा मा खेलाची नगर्न र प्रेस्किप्सन बुझ्नेगरी लेखिदिन उनले चिकित्सकहरु संग आग्रह गरे ।

यो घटनामा त् फर्मा्सिस्टले साबधानी अपनाएका छन् तर यस्ता कयौ घटना छन् जुन चिकित्सकको अक्षर नबुझेर अन्धाधुन्द अनुमानको भरमा औषधि दिंदा कयौले ज्यान समेत गुमाएका छन् । डाक्टरले किन आम सर्वसाधारणले बुझ्ने भाषामा अक्षर कोर्देनन त ?

अस्पतालमा  डाक्टरले जांच गरि सकेपछि दिने प्रेस्किप्सन लिएर जाने ठाउँ फार्मेसी हो । त्यसैले हाम्रो स्वस्थ्य फर्मासिस्टको क्षमतामा निर्भर रहन्छ भन्नुमा अतिसयोक्ति नहोला । चिकित्सकले नबुझ्ने गरि लेखेको औषधिको नाम बुझेर सहि औषधि दिने काम फार्मेसीको हो ।। विद्यमान मापदण्ड अनुसार चिकित्सकले बिरामीलाई औषधिको नाम वा प्रेस्किप्सन लेख्दा, क्यापिटल लेटर लेख्नु पर्ने मेडिकल काउन्सिलका सदस्य समेत रहेका वीर अस्पतालका उपकुलपति डा गणेश गुरुङ बताउनुहुन्छ ।

कुरा नबुझ्दा हुने दुर्घटना नै हो । त्यसैले पनि सबैले बुझ्ने भाषामा लेख्न चिकित्सकहरुलाई पिरलो हुनु भने बुझिनसक्नुको पक्ष नै बनेको छ । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील पक्षमा चिकित्सकहरुले प्रेस्क्रिप्सनको भाषामा लोभ नगरी उदारता देखाएर धेरै विरामीको थप उदार हुने पनि निश्चित छ ।

 

 

LIVE TV