सरकारले बजार अनुगमनलाई तीब्र बनाएपनि इन्धन कालोबजारी नियन्त्रणमा आउन सकेको छैन । बजारमा कृत्रिम अभाव सिर्जना गर्दै ठुला, साना व्यवसायीका साथै सर्वसाधारण पनि कालोबजारीमा संलग्न रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय र महानगरिय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौको बत्तिसपुतली स्थित एउटा पसलमा छापा मारी ६ सय वटा खाली सिलिन्डर बरामद गरेको छ । टोलीले बत्तिसपुतलीस्थित नारायण भण्डारीको ग्यास पसलमा छापामारी सिल गरेको हो । ग्राहकसंग तीन महिना अघि पन्ध्र सय रुपैयाँ लिएर अहिले सम्म ग्यास नदिएको आरोप भण्डारीमाथि लगाइएको छ । भण्डारीले बाणिज्य विभागको इजाजत विना नै ग्याँस विक्रि गरको तथा आएको ग्यास समेत वितरण नगरी होल्ड गरेर राखको अनुगमन टोलीले बताएको छ ।
तर भण्डारीले भने आफुमाथि गलत आरोप लगाइएको बताएका छन । उनले ग्यासका लागि ग्राहक स्वयंले सिलिण्डर बुझाएको दाबी गरे । यसैगरी पसलदेखि घरसम्म ग्यास पु¥याई दिन थप एक सय रुपैयाँ लिने गरको उनको भनाई थियो ।
जिल्ला प्रशासन कार्यालयको टोलीले पसलबाट कागज पत्र समेत नियन्त्रणमा लिएको छ । छापा मार्न पुगेको टोलीले तीन महिना अधि कुपन लिएका ग्राहकलाई समेत ग्यास नदिएको तथ्य समेत फेला पारको छ । अनुगमन टोलिमा सम्लग्न उपभोक्ता अधिकारकर्मीहरुले भने सरकारले अवैध ग्यासको कारोवार गर्नेलाई कडा कारबाही नगर्दा उपभोक्ता समस्या पर्ने गरेको बताएका छन् ।
उद्योगबाट डिलरलाई दिइएको ग्यास होल्ड नगरी सिधै उपभोक्तलाई दिनुपर्ने प्रावधान रहेकोमा अहिले व्यवसायीहरुले होल्ड गरी कालोबजारी गरेको देखिएको छ । यसरी कालोबजारीमा संलग्न विक्रेतालाई कडा बारवाही नहुँदा उपभोक्ताले मार खेप्नु परेको छ ।।