सद्भावको सन्देश छर्दै हार्मोनी बाईक राईड २०१६ र ट्वान्टी ट्वान्टी क्रिकेट हार्मोनी हुने



प्रकाशित मिति : Mar 31, 2016

शान्ति र सद्भावको सन्देश छर्दै हार्मोनी बाईक राईड र ट्वान्टी ट्वान्टी क्रिकेट हार्मोनी हुने, भैरहवामा ट्वान्टी ट्वान्टी क्रिकेट आयोजनाको तयारी

hqdefault

केहि समय यतादेखि मोफसलमा खेलुकदका गतिविधिहरु तीब्र बन्दै गर्दा आउदो चैत २० गते भैरहवामा हार्मोनी बाईक राईड २०१६ र ट्वान्टी ट्वान्टी क्रिकेट हार्मोनी हुने भएको छ । संगीत र खेलकुदको शक्तिलाई देशको सबै भागमा पु¥याएर सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यी दुई उत्सवको आयोजना हुन लागेका हुन् । यससंगै देशका बिभिन्न शहरमा संगीत गुञ्जदा क्रिकेटका व्याट वलिङ पनि सदभावको सन्देश फैल्याउदै चम्कने छ ।

शान्ति र  स्दभावका निम्ति सन् २०१६ को थालनीसगै विभिन्न कार्यक्रम तथा गतिविधिहरु आयोजना गर्दै आएको  यस अभियानले सन् २०१६ भित्र थप एकल र सामुहिक कला कार्यशाला एव प्रदर्शनी, तराईका विभिन्न सात शहरहरुमा भैरहवा, टिकापुर, नेपालगञ्ज, बीरगञ्ज, जनकपुरमा, राजविराज र विराटनगरमा मैत्रीपूर्ण टि ट्वान्टी सद्भाव क्रिकेट हुनेछन । जसको उद्घाटन यहि चैत २० गते सिद्धार्थ रगशालामा हुनेछ । त्यसैगरी लुँिबनी देखि सिद्धार्थ रगशाला सम्म भैरहवासम्म साईकल ¥याली, लुम्बिनीमा लुम्बिनी आर्ट क्याम्प २०१६, शान्ति र सद्भावका लागि सागीतिक कार्यक्रम देशब्यापीरुपमा विभिन्न शहरहरुमा मधेश र पहाडका युवाहरुबीच अन्तररवाद , सस्कुति आदान प्रदान, अन्तरक्रिया कार्यक्रमहरु समेत आयोजना गरिने छ । चैत २० शनिबार विहान ७ ३० बजे लुम्बिनीस्गित मायादेवी मन्दिर अगाडिबाट नेपालका प्रथम राष्टपति डा रामवरण यादवले विश्वसाइकल यात्री पुष्कर शाहलाई सद्भावको लागो अकिंत झण्डा हस्तान्तरण गरेर सद्भाव साईकल ¥याली उद्घाटन गर्नु हुने कार्यक्रम रहेको ।

त्यसैगरी सोहि दिनको १० मा विहान सिद्धार्ग रगशालामा मैत्रिपूर्ण क्रिकेट हुनेछ । विगत केहि समययता मुलुकमा देखिएको चरम राजनीतिक अस्थिरता र अन्यौलले सिंगो हिमाल पहाड तराईमा नै नकारात्मक र मनोवैज्ञानिक रुपमा परेको प्रभाव र असरलाई न्युन गर्न कार्यक्रम आयोजना गरेको आयोजकको भनाई छ ।

शान्ति र समूद्धिका लागि सद्भवाभ, सद्भावका लागि सम्मान र विश्वास भन्ने नाराका आयोजना हुन लागेको यस उत्सव चैत २० हुने क्रिकेटका उद्घाटन खेलमा नेपालको राष्ट्रिय टोलिले १९ वर्ष मुनिको राष्ट्रिय टोलिसग २० ÷ २० को फम्र्याट्मा खेल्नेछ ।

 

 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com