
साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । बुधवार नेप्से परिसूचक ७ दशमलव ५० अंकले घटेर १ हजार ३ सय ५५ दशमलव ४८ अंकमा कारोवार भएको छ
बुधबार ६९ करोडको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्ज विहिबार ६३ करोडको कारोबारमा नै सिमित रह्यो । दिनभरिमा १ सय २७ वटा कम्पनिको १० लाख ७ हजार ५ सय ६६ कित्ता शेयर ३ हजार १ सय १३ पटक खरिदविक्रि हुँदा कुल ६३ करोड ७८ लाख ५७ हजार ३ सय ५६ रुपैँया बराबरको कारोबार भएको हो । साताको सुरुका दिनमा बुलिस रहेको सेयर बजारले अन्तिममा भने करेक्सनलाई निरन्तरता दिएको छ। सेयर बजारमा ६३ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको दिन बजार ७.५० अंकले ओरालो लागेको छ। बजारमा एकसय २७ कम्पनीको सेयर किनबेच भएको छ ।
बजारमा जलविद्युत र उत्पादन समूहको सूचक मात्रै हरियो रहेको छ। जलविद्युत समूहको सूचक ८.८ अंकले बढेको छ भने उत्पादन समूहको सूचक २५.६९ अंकले बढेको छ। बजारमा वाणिज्य बैंक, होटल, विकास बैंक, वित्त कम्पनी, बीमा र अन्य समूहको सूचक ओरालो लागेको छ। सबैभन्दा धेरै बीमा समूहको सूचक ९८.५९ अंकले घटेको छ। वाणिज्य बैंकमा ४.५४ अंकले घटेको छ भने होटद्यमा २५ अंकको गिरावट देखिएको छ।