१८ चैत्र २०७२, बिहीबार

रौतहट, एसएलसी परीक्षाअन्र्तगत आजको अङ्ग्रेजी विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन टोलीले यहाँका चार निरीक्षकलाई निष्कासन गरेको छ ।
उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा निरीक्षकका रुपमा रहेका इन्द्र चौधरी र रामदयाल साह निष्कासनमा परेका हुन् ।

यसैगरी, नेमधारी वासुदेव उच्चमावि मुडवला परीक्षा केन्द्रबाट पनि दुई जना निरीक्षकलाई निष्कासन गरिएको छ ।

परीक्षा अवधिभर निरीक्षण बस्न नपाउने गरी निष्कासन गरिएको परीक्षा अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताउनुभयो ।

रौतहटबाट यस वर्षको एसएलसी परीक्षामा १० हजार १५४ जना परीक्षार्थी सहभागी भएका छन् । रासस

 

LIVE TV