१८ चैत्र २०७२, बिहीबार

कञ्चनपुर, कञ्चनपुरको वेदकोट नगरपालिकास्थित सुन्दरपुर र नयाँगाउँ क्षेत्रमा जङ्गली चितुवाले आतङ्क फैलाएको छ ।

Leopard_20130425054729
शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट रातिको समयमा गाउँ बसेर चितुवाले कुखुरा र चौपायालाई खाने गरेका छन् । चितुवा आतङ्कले सुन्दरपुर र नयाँगाउँका बासिन्दा रातिपख त्रसित भएर बस्ने गरेका छन् ।

हालसम्म जङ्गली चितुवाले १६ कुकुर र सातभन्दा बढी चौपाया खाइसकेको बताइएको छ । सुन्दरपुरस्थित चितुवा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा चन्द्रकान्त भट्टले आरक्षबाट आएको चितुवाले गाउँमा आतङ्क फैलाएपछि आरक्ष कार्यालयसामु नियन्त्रणका लागि आग्रह गरिएको बताउनुभयो ।

आरक्ष कार्यालयअन्तर्गतको बन्डिखेडा पोस्टबाट खटिएको आरक्षका सुरक्षाकर्मीको टोलीले चितुवा खोज्ने काम सुरु गरे पनि भेटाउन सकेका छैन । रासस

 

LIVE TV