१८ चैत्र २०७२, बिहीबार

मोगादिसु, सोमालियाको राजधानी मोगादिसुमा एकजना बन्दुकधारीले कम्तीमा पनि छ जनाको हत्या गरेको समाचार छ ।

maxresdefault (1)

बिहीबार मोटरसाइकलमा आएको एक बन्दुकधारीले छ जनाको ज्यान लिएको समाचारमा जनाइएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा जारी हिंसाको पछिल्लो शृंखलाका रुपमा बिहीबार मोगादिसुमा छ जना व्यक्ति उक्त हिंसाको शिकार भएका छन् ।

बन्दुकधारीले मोटरसाइकलमा चढेर अन्धाधुन्ध गोली चलाएको थियो । त्यस क्रममा छ जनाको ज्यान गएको र यसमा दुई जना टर्किस् नागरिक पनि परेका छन् । उनीहरु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका थिए ।

मोगादिसुका एकजना सिटी कार्यालयका प्रवक्ता आब्दिफ्ताह ओमारले छ जनाको ज्यान गएको र अरु छ जना नराम्ररी घाइते भएका बताउनुभयो ।

साथै उहाँले मारिनेमा दुई जना टर्किस् नागरिक पनि रहेका जानकारी दिनुभएको समाचारमा जनाइएको छ । बुधबार राति सो हत्याकाण्ड भएको र मारिनेमा टर्कीका सर्वसाधारण नागरिक परेका छन् । यस घटनाको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले हत्याराको खोजी गरिरहेको तर हालसम्म पक्राउ गर्न नसकेको बताएको छ । रासस÷एएफपी

 

LIVE TV