१८ चैत्र २०७२, बिहीबार

वर्तमान सरकार विकासको लक्ष्य पूरा गरेरै छाड्ने गरी योजनाबद्ध ढंगले लागेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, सरकार आर्थिक रुपान्तरणको मुद्दामा गम्भीर

pm kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकासको लक्ष्य पूरा गरेरै छाड्ने गरी योजनावद्ध किसिमले लागि परिरहेको प्रष्ट पार्नु भएको छ । समग्र आर्थिक विकासमा सहकारीहरुको महत्वपूर्ण भूमिका रहेकोपनि उँहाको निष्कर्ष छ ।

विहीवार राजधानीमा आयाजित सहकारी प्रमुखहरुको सम्मेलनमा धारणा राख्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार आर्थिक रुपान्तरणको मुद्यामा गम्भीरतापूर्वक लागिपरिरहेको बताउँनुभयो । मुलुकको आर्थिक विकासमा सहकारीहरुको गतिशील भूमिका रहिआएको चर्चा गर्दै ओलीले यसभित्रका संरचनागत समस्या हल गर्न सरकार तयार रहेको वताउँनुभयो । आर्थिक विकासकोलागि छिमेकी लगायत वाह्रय मुलुकहरुको सहयोग लिईनेपनि ओलीको भनाई थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आर्थिक मुद्यामा अव सवै दलहरुबीच सहकार्य र पारस्परिक सहयोगको प्रयास हुने पनि बताउँनुभएको थियो ।

 

LIVE TV