१८ चैत्र २०७२, बिहीबार

पर्वत, मङ्गलबार बिहान १० बजे सँगैका साथी स्कुल पोशाकमा सजिएर विद्यालय प्रवेश गरेको दृश्य भंगरा–६ का सुजना र सविता नेपालीले स्कुल मुन्तिरको बारीबाट हेरिरहेका थिए ।
आ“खाको डिलमा आ“सु टिलपिल पार्दै १४ र १२ वर्षका दिदीबहिनीले नजिकैको ग्रामोदय माध्यमिक विद्यालयमुन्तिर टन्टलापुर घामको पर्वाह नगरी बारी खनेको दृश्य चलचित्रको भन्दा कम थिएन । रु २५० का लागि मकै रोप्ने बारीमा दिनभर खन्न बाध्य दिदीबहिनीलाई विद्यालय जाने रहरले छोडेको भने हैन ।

दुई वर्षअघि रुखबाट लडेर बाबु मनबहादुरको मृत्यु भएयता पा“च जनाको परिवारको जिम्मा यिनै दुई बहिनीको का“धमा छ । ग्रामोदयकै कक्षा ७ र ५ मा अध्ययनरत दुई बहिनी गाउ“मा कसैको काम नभए मात्रै विद्यालय जान्छन् । मेलापात नगए आफूहरु सहित आमा, १० वर्षीय भाइ र ७ वर्षीय बहिनीको हातमुख जोर्न सकिन्न । कमाएर खाने जमिनसमेत नभएपछि आमासँगै मेलापात गर्न थालेका दिदीबहिनीले काम गर्दाको दिन रु २५० हात पार्छन् ।

“सुुरुमा त मैले सघाउ“थेँ, छोरीलाई छिमेकीको मेलामा काम सिकाउन आएकी आमा विष्णु नेपालीले भनिन्, “एक वर्ष भयो, पेट र बाथको रोगले च्याप्न थाल्यो, यिनैको भरमा बाच्नुपरेको छ ।” मासिक रु दुईदेखि तीन हजारको औषधि मात्रै खानुपर्ने विष्णुले पढ्न निकै रहर गरे पनि उनीहरुलाई स्कुल पठाउन नसकेको बताइन् । “पढ्न नपाएरै जेठी छोरीको १७ वर्षमै बाध्यताले विवाह गरियो,” विष्णुले भनिन्, “अब यिनीहरुको पनि कहिले हो, त्यसपछि भोकभोकै मर्ने त होला ।” पा“च सन्तानकी आमा ४५ वर्षीया विष्णुले पतिको मृत्युपछि परिवारकै विचल्ली भएको बताइन् ।

“कसैले काममा नबोलाए मात्रै स्कुल जाने हो,” पसिना पुछ्दै सुजनाले भनिन्, “कापीकलम पनि महँगो छ, एकदिन मेलामा गए गतिलो एकजोर मात्र किन्न पुग्छ ।” चार भाइबहिनीको पढाइमा कापीकलमका लागि मात्रै मासिक रु तीन हजारको हाराहारीमा खर्च लाग्ने उनले बताइन् ।

पढाइको महत्व बुझेर पनि बाध्यताले विद्यालय जान नसकेको बताउने दिदीबहिनीले कसैले कापीकलम दिए स्कुल नियमित हुने बताउ“छन् । “पहिलो, तेस्रो, चौथो भइन्थ्यो, अहिले पासै भइएन,” दिदीसँग खन्दैगरेकी सविता मझेत्रोले आ“सु पुछ्दै बोलिन्, “हामी जस्तालाई कसले हेर्छ र ?, बाबु छैनन् भनेर कति कुरा सुन्नुपर्छ ।”

चोट माथि चोट सहेको यो परिवारले एकतले खरको छाप्रो पनि गएको भूकम्पमा गुमाएपछि बासविहीन भएको छ । ग्रामोदयकै शिक्षक शिव पौडेलको सहयोगमा जस्ताले बारेर जेनतेन गुजारा गरिरहेको परिवारलाई अबको वर्षा कसरी काट्ने भनेर चिन्ता छ । “सबैले राहत पाए भनेर समाचारमा सुनिन्छ,” आमा विष्णुले भनिन्, “बोल्ने मान्छे नभएपछि सरकारको पैसो पनि नपाइने रैछ ।”

उनीहरुको घर पूर्ण क्षतिमा पर्नुपर्ने भए पनि तत्कालीन समयको विवादले भूकम्पपीडितको सूचीमै नपरेको गाविस सचिव झलक पौडेलले बताउनुभयो । “म आएको चार–पा“च दिन मात्रै भयो,” उहाँले भन्नुभयो, “वास्तविकता बुझेर राहत दिने सिफारिस गर्छु ।” भंगरा गाविसका भूकम्पपीडितको तथ्याङ्क अझै सार्वजनिक नभएको उहाँले बताउनुभयो ।

परिवारका सबैको पढाइ अब्बल भए पनि स्कुल नियमित नहु“दा कक्षा चढाउन पनि मुस्किल भएको ग्रामोदय माविका शिक्षक यादव पौडेलले बताउनुभयो । “महिनामा मुस्किलले १०–१२ दिन हाजिर हुन्छन्” उहाँले भन्नुभयो, “नियमित कक्षा चढाउन ७५ प्रतिशत हाजिर भएको हुनुपर्छ ।” रासस

 

LIVE TV