१८ चैत्र २०७२, बिहीबार

दुई जना परीक्षार्थीले आजदेखि सुरु भएको प्रवेशिका परीक्षामा प्रहरीको हिरासतमा रहेर परीक्षा दिइरहेका छन् ।
बुधबार ताप्लेजुङ नगरपालिका– १ का प्रकाश भुजेल र लोकनाथ गुरागाईं किनमेल गर्ने क्रममा ५०० रुपैयाँको नक्कली नोटसहित पक्राउ परेका थिए । सदरमुकामको एउटा परीक्षाकेन्द्रका परीक्षार्थी रहेका उनीहरुसित नक्कली नेपाली रुपैयाँ भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा रहेका ती परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै परीक्षा लेख्ने व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

“थप अनुसन्धान गर्नुपर्ने भएकाले जिल्ला शिक्षा कार्यालयसितको समन्वयमा हिरासतबाटै परीक्षा दिने व्यवस्था मिलाइएको हो” उहाँले भन्नुभयो । रासस

 

 

LIVE TV