१८ चैत्र २०७२, बिहीबार

‘ईन्द्रावति’ टेलिश्रृङखलाको अन्तिम श्रृङखलाको रुपमा फिल्म ‘ईन्द्रावति’ निर्माण गरीएको छ । ‘ईन्द्रावति’ फिल्मको निर्माण टोलीले कार्यक्रमको आयोजना गरेर कलाकारहरुलाई सम्मान गरेका छन् । उक्त सम्मान कार्यक्रमको सुचना तथा सञ्चारमन्त्री शेरधन राई प्रमुख अतिथि थिए । ‘ईन्द्रावति’ टेलिश्रृङखला निर्माणको १५ वर्ष पुगेका अवसरमा कलाकारहरुलाई सम्मान गरीएको हो ।

vlcsnap-2016-03-31-11h44m05s811

‘ईन्द्रावति’ फिल्मका कलाकारहरु श्री कृष्ण श्रेष्ठ,बिपना थापा, रजनी राना,बिष्णु भक्त फुँयाल,उपेन्द्र तिमल्सििना, जयंन्नद चन्द ठाकुर लगाएतका कलाकारहरुलाई सम्मान गरीएको थियो ।

vlcsnap-2016-03-31-11h44m58s199
दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठको रिलीज हुने अन्तिम फिल्मको रुपमा ‘ईन्द्रावति’ रहन गएको छ । अभिनेता श्रेष्ठको अन्तिम अभिनित फिल्म भने कोहिनुर रहेको थियो । त्यहि कोहिनुर फिल्मले गत वर्ष नेपाली बक्स अफिसमा राम्रो रेकर्ड राखेको थियो । सबैको मनमा बस्न सफल नायक श्री कृष्ण श्रेष्ठको अन्तिम अभिनित फिल्म कोहिनुर रीलीजको क्रममा अभिनेता श्रेष्ठको असामहीक निधन भएको थियो । ‘ईन्द्रावति’ फिल्म पहिले नै निर्माण भएपनि बिबिध कारणले गर्दा रिलीज हुनसकेको थिएन । तर यो साताबाट भने ‘ईन्द्रावति’ रिलीज हुने भएको छ र दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठको रिलीज हुने अन्तिम फिल्म पनि ‘ईन्द्रावति’ नै रहेको छ ।

vlcsnap-2016-03-31-11h45m38s743
‘ईन्द्रावति’ टेलिश्रृङखलाको अन्तिम श्रृङखलाको रुपमा रहेको फिल्म ‘ईन्द्रावति’ लाई बद्रि अधिकारीले निर्देशन गरेका छन् । चैत १९ गतेबाट सम्पुर्ण नेपाली दर्शमाझ प्रदर्शमा आउन लागेको फिल्म ‘ईन्द्रावति’मा दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठ, उपेन्द्र तिमल्सीना,बिपना थापा, रजनी राना, जयंन्नद चंद ठाकुर लगाएतका कलmाकारहरुले अभिनय गरेका छन् ।

vlcsnap-2016-03-31-11h46m00s695vlcsnap-2016-03-31-11h47m27s117vlcsnap-2016-03-31-11h48m19s426vlcsnap-2016-03-31-11h49m27s317

LIVE TV