१८ चैत्र २०७२, बिहीबार

तीन सातादेखि बन्द म्यानपावर कम्पनी शुक्रबारदेखि खुल्ने भएका छन् । आन्दोलनरत् व्यवसायीलाई सरकारले औपचारिक वार्तामा बोलाएपछि काम सुचारु गरी वार्तामा बस्न लागेका हुन् । व्यवसायीका अनुसार कार्यालय खुले पनि पूर्वस्वीकृतिका काम भने गरिने छैन । अन्तिम स्वीकृतिका काम मात्र हुनेछ ।

office_building

सरकारबाट सुरुमा अनुमति लिने, डिमान्ड आइ कामदार पठाउन विज्ञापनसमेत भइसकेपछिको प्रक्रिया अन्तिम स्वीकृति हो । सुरुमा कामदार ल्याउन थालिने प्रक्रिया पूर्वस्वीकृतिको चरण हो । यस आधारमा व्यवसायीले कामदार पठाउन प्रक्रिया थालिसकेकाको मात्रै काम गर्नेछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

LIVE TV