
म्याग्दी, जिल्लाको बरङ्जा गाविस– धापुमा आलुको बीउ भण्डारण भवन निर्माण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सो भवन निर्माण गरिएको हो । दश मेट्रिकटन क्षमताको उक्त भवन रु पाँच लाख तीन हजामा निर्माण भएको हो । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक श्यामराज क्षेत्रीका अनुसार भवन निर्माणमा कार्यालयको रु दुई लाख ६१ हजार र किसानको रु दुई लाख ४२ हजार लगानी भएको छ ।
उक्त भवनमा आगामी वर्ष आलु राख्ने र्याक जडान गर्ने र प्रयोगमा ल्याउने योजना कार्यालयको रहेको छ । रासस