१७ चैत्र २०७२, बुधबार

सोलुखुम्बु, नेचाबतासे–७ सोलुखुम्बुमा ट्र्याक्टरले किच्दा एक जनाको ज्यान गएको छ ।

आज बिहान लु३प २३१५ नम्बरको ट्र्याक्टरले किच्दा नेचाबतासे–७ का दामुरे शेर्पाको छोरो १४ वर्षीय फु साङ्गे शेर्पाको ज्यान गएको इलाका प्रहरी कार्यालय नेचाबतासेका प्रहरी निरीक्षक रविभूषणप्रसाद यादवले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक यादवका अनुसार ओखलढुङ्गाबाट नेचाबेतघारी आउँदै गरेको ट्र्याक्टर ड्राइभरसँगै बसेका शेर्पा एक्कासि हामफाल्दा ट्र्याक्टरले किचेर ज्यान गएको हो ।

अहिले ट्र्याक्टर र चालक दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । रासस

 

LIVE TV