१७ चैत्र २०७२, बुधबार

दाङ, भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले भूमि समस्या समाधान गर्न अब चाँडै नै कार्यदल गठन गरिने बताउनुभएको छ ।

bikram thapa
नेपाल पत्रकार महाङ्सघ, दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विज्ञ कर्मचारीको अभावका कारण भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिएको समेत बताउनुभयो ।

भूमिसुधार मन्त्रालयले भूमि व्यवस्थापन कार्ययोजना पास गरेर अगाडि बढाइसकेको उल्लेख गर्नुभयो ।

संविधान कार्यान्वयन गर्नु वर्तमान सरकारको मुख्य चुनौती हो भन्दै राज्यमन्त्री थापाले यसका लागि सबै दल मिल्नुको विकल्प नभएको बताउनुभयो । रासस

 

LIVE TV