
राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ नेपाल आईपुगेका छन् । दिल्लीमा उपचार गराउन गएका बरिष्ठ संगीतकार गुरुङ भर्खरै मात्र नेपाल आईपुगेका हुन् । करीब चार हप्ता अगाडि नसा तथा पाचन प्रणालीमा समस्या परेपछि संगीतकार ग्रुङलाई दिल्लीको मेदान्त अस्पताल लगिएको थियो । स्वस्थमा सुधार आएपछि संगीतकार गुरुङलाई डिस्चार्ज गरीएको थियो ।