१७ चैत्र २०७२, बुधबार

अनमोलको जन्मदिनको अबसरमा पहिलो पटक ‘गाजलु’ फर्स्टलुक रिलिज गरिएको छ । अनमोल केसी स्टारर फिल्म ‘गाजलु’को फर्स्टलुक पोस्टर रिलिज भएको हो ।

12527902_10207631365733781_1281474693_n

हेमराज बिसी निर्देशित फिल्म ‘गाजलु’मा रोहित अधिकारी निर्माता छन् । पछिल्लो समय नेपालमा स्टारडम बोकेको कलाकारमा पहिलो नम्बरमा पर्ने अनमोल केसी भन्दै निर्माता अधिकारीले उनै अनमोलको जन्मदिन नै आफ्नो फिल्मको लागी एक ऐतिहासिक दिन मानेर फर्स्टलुक पोस्टर सार्वजनिक गरेको बताए ।’गाजलु’मा अनमोल र सृष्टीसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान र ऋतिक शाही लिड रोलमा छन् । फिल्ममा कालिप्रसाद बाँस्कोटा, हर्कुलस बस्नेत र जयन जीको संगीत छ । अनमोल लिड रोलमा रहेका पछिल्ला तीन फिल्मले नै बक्सअफिसमा सुपरहिटको रेकर्ड राख्दा ‘गाजलु’लाई लिएर धेरै दर्शक उत्साहित छन् ।

जेठ २१ लाई प्रस्तावित रिलिज मिति तोकिएपनि वितरकहरुको आग्रहमा फिल्मको रिलिज मितिमा केहि फेरबदल हुने संभावना रहेको समेत निर्माता अधिकारीको भनाई छ ।  सार्वजनिक फर्स्टलुक पोस्टरमा लिड कलाकार अनमोल र डेब्यू अभिनेत्री सृष्टी श्रेष्ठलाई देखाईएको छ ।

 

 

 

 

.

 

LIVE TV